प्यूठानमा पिकअप जिप दुर्घटनाग्रस्त
प्यार अलि खान
प्यूठानमा बोलेरो पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १ जनाको घटनस्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन्।
खाद्यान्न छोडेर बाहाने देखि बाग्दुला तर्फ आउदै गरेको लु २ च ६७८१ नम्बरको बोलेरो पिकअप साँझपख करिब ७ बजे प्यूठान नगरपालिका -८ दम्ति नजिकै दुर्घटनामा परेको थियो।
दुर्घटनामा प्युठान नगपालिका -८ बाग्दुलाका स्थानीय २१ वर्षिय समर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
दुर्घटनामा घाइते जीपका चालक गौमुखी -४ पुजाका २३ वर्षिय लोकेन्द्र केसी तथा गौमुखी-१ अर्खाका १७ वर्षिय कृष्ण सुनारको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले बताएको छ।