Connect with us
Kapilvast Forest

झापामा आजदेखि वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

झापा -कोरोना संक्रमण तीब्र रूपमा बढ्दै गएपछि झापामा आजदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अहिले भर्खरै सम्पन्न बैठकमा भोलिदेखि पूर्णरुपमा निषेधाज्ञा लगाउने विषयमा निर्णय भएको हो ।

झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियो । बैठकमा सहभागी डीसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलका अनुसार आज बुधबार राति १२ बजेदेखि सुरू हुने पूर्ण निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।

 

आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द गरिने छ ।

पछिल्लो समय झापामा कोरोना संक्रमण भयावह बन्दै गएपछि थप सतर्कता अपनाउन डीसीसीएमसीको बैठकले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको जनाएको छ ।झापामा मंगलबार मात्र १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

झापामा कुल संक्रमितको संख्या ५ हजार ४२२ पुगेको छ । आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको भने कुल मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu