मोटरसाइकलको ठक्करबाट ६ बर्षिय बालिकाको मृत्यु ।।
दिपक के.सी.
कपिलवस्तु साउन १३
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ जवाभारीमा आज विहान मोटर साइकलको ठक्करबाट ६ बर्षियउ बालिकको मृत्यु भएको प्रहरी जनाएको छ ।
कृष्णनगर देखि चन्द्रौटा तर्फ आइरहेको भारतिय नम्बर प्लेट युपि ४७ आर ३५६८ नं.को मोटरसाइकलले बालिकालाई ठक्कर दिएको हो । शिवराज नगरपालिका ७ जवाभारी बस्ने कुदबुल्ला नाउँको ६ बर्षिय छोरी मिनि नाउँको बाइकको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्याल बहादुरगंजले जनाएको छ । बालिकाको ठक्करबाट टाउकोमा चोट लागेको र उपचारका क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको प्रहरी जनाएको छ ।
मोटरसाइकल चालक भारत बलरामपुर जिल्ला उतरौला बजार निवासी बर्ष २७ को बब्बु कुमार गुप्ता र बाइक प्रहरी नियन्त्रणमा रहेको बहादुरगंज प्रहरीले जनाएको छ ।