विप्लव समूहद्वारा दुई गाडीमाथि आगजनी
हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमाथि आगजनी गरेकाे छ । विप्लव समूहले मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले बताउनुभयो ।
यस्तै बन्दमा आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले शंकास्पद वस्तुहरु डिस्पोज गरिदिएको हो । विप्लव नेतृत्वको नेकपाले बुधबार बन्दको जानकारी दिनको लागि हेटौँडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै शंकास्पद वस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासहित ११ जिल्ला बन्द आह्वान गरेको छ ।