Connect with us
Kapilvast Forest

श्रीमतीको उजुरीपछि प्रेमिकासँगै झुन्डिए श्रीमान

२०७६, १५ श्रावण बुधबारमा प्रकाशित

file death

काठमाडौं । श्रीमतीले प्रहरीमा उजुरी दिएपछि एक युवकले प्रेमिकासँगै आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक बाह्रबिसेका जीवन तामाङ र सँगै बस्दै आएकी प्रेमिका रामेछापकी मंगली घिसिङले भुन्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार जीवन र मंगली दुवैजना मंगलबार भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित डेरामै झुन्डिएको अवस्थामा भेटिएका थिए । जीवनकी श्रीमतीसहित २ वर्षकी छोरी पनि छन् । पेसाले सवारीचालक रहेका जीवन घरमा आउन छाडेपछि २६ वर्षीया श्रीमती रितुले साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएकी थिएन् ।

रितुको उजुरीपछि प्रहरीले बोलाएर जीवन र रितुबीच छलफल गराएको थियो । छलफलमा जीवनले अब रितुसँग नै बस्ने र उनलाई आवश्यक काजगपत्र बनाइदिने, रेखदेख गर्ने, खान–लगाउन दिने भनेका थिए । तर, भनेको समयमा कोठामा नआएका उनी मंगलबार बिहान प्रेमिका मंगलीसँगै झुन्डिएको अवस्थामा फेला परेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu