चर्चित हाँस्यकलाकार मदनकृष्ण फेरि अस्पताल भर्ना
काठमाडौं – चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना हुनु भएको छ । कोरोना भाइरससँग लडिरहेका उहाँ ८ दिन ललितपुरको मेडिसिटी अस्पतालमा उपचारपछि केही दिन अगाडि डिस्चार्ज भएर घर फर्किनु भएको थियो ।
उहाँलाई अक्सिजन लेवलमा कमी आएपछि बुधबार पुनः अस्पतालमा भर्ना गरिएको हो । अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका सहकर्मी कलाकार हरिवंश आचार्यले जानकारी दिनु भएको छ ।
डिस्चार्ज भएर घर फर्किएको भोलीपल्ट अक्सिजन लेवल ८४ मा झरेपछि अस्पतालमा भर्ना गरिएको मदनकृष्णको परिवारले जनाएको छ । श्रेष्ठको हाल मेडिसिटी अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा उपचार भइरहेको छ । श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको छैन । उहाँका परिवारको पाँचै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।