२० अधिकृतलाई जापानको छात्रवृत्ति
काठमाडौंस्थित जापानी दूतावासले मंगलबार यस वर्ष छात्रवृत्ति लागि छानिएका अधिकृतसित अन्तक्रिया गरेको थियो । छात्रवृत्ति प्राप्त अधिकृहरुलाई अनुभव र ज्ञान नेपालको विकासमा सहयोगीसिद्ध हुने विश्वास गरिएको दूतावासले जनाएको छ । तीन वर्षदेखि जापानले २० अधिकृतलाई यसरी छात्रवृत्ति दिँदै आएको छ ।
जापान सरकारले मंगलबारै अधिकृतहरुलाई स्नातकोत्तरको छात्रवृत्ति र पीएचडी गर्न आर्थिक सहायता गर्ने योजनाका लागि ६४ करोडको अनुदान सहायता दिने सम्झौता नेपालसँग गरेको छ ।