Connect with us
Kapilvast Forest

दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि अनुगमन समिति गठन

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

dang_NewsCenterNepal

दाङ – दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा अनुगमन समिति गठन भएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, देउखुरी उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको हो ।

अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा सङ्क्रमित तथा अन्य बिरामीलाई ठग्ने गरेको गुनासो आएकाले त्यसलाई रोक्न समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले बढी भाडा लिनेलाई कारबाही हुने बताउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu