नेपाली गीतसंगीत क्षेत्रमा स्वर्गीय गायक प्रधानको योगदान सदा स्मरणीय : प्रधानमन्त्री ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली गीतसंगीत क्षेत्रमा स्वर्गीय गायक प्रेमध्वज प्रधानको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।बिहीवार प्रधानको निधनपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रधानको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउनुभएको छ ।उहाँले मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ ।
दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ भन्नुभएको छ
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
— K P Sharma Oli (@kpsharmaoli) May 6, 2021