Connect with us
Kapilvast Forest

बुटवलमाथि जितसँगै ललितपुर चौथो स्थानमा उक्लियो

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- ललितपुर सिटी एफसी नेपाल सुपर लिगको चौथो स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न दिनको पहिलो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनि एफसीलाई हराएको छ ।

अङ्कतालिकाको चौथो स्थानमा उक्लेको ललितपुरको प्ले अफमा पुग्ने सम्भाबना जिवितै रहेको छ । ललितपुरले पाँच खेलबाट एकमा जित, तीन बराबरी र एकमा हार बेहोरेको छ । उसले हाल सात अङ्क जोडेको छ । लिगको अन्तिम खेलमा जित हात पारे ललितपुर प्ले अफ पुग्नेछ ।

बुटवल लुम्बिनिको भने प्ले अफ पुग्ने सम्भाबना कठीन भएको छ । उसले पाँच खेलबाट मात्र पाँच अङ्क जोडेको छ । दुई खेलमा हार, दुई बराबरी र एक खेल मात्रै जितेको बुटवलको पाँच अङ्क छ ।

ललितपुरको जितमा नुर्लान जहिदले सुरुवातमै गर्नुभएको एक मात्र गोल निर्णायक भयो । जहिदले खेल सुरु भएको छैठौं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई १–० को अग्रता दिलाउनुभयो । त्यसपछि खेल अबधि दुबै टोलिले गोल गर्न सकेनन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu