वाणगंगामा बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय
कपिलवस्तु-नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को प्रकोप वाणगंगा नगरपालिका भित्र बढेको र अन्य जिल्ला र स्थानीय तहरुबाट सेवाग्राहीको चाप नगरमा बढेको भन्दै वाणगंगाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले कोभिड १९ को प्रकोप बट्दैगएको भन्दै बैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित विज्ञप्तिमा यही बैशाख २४ गतेदेखि ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने उल्लेख छ ।
साथै एटीएम तथा विद्युतीय माध्यमबाट हुने बैकिङ सम्बन्धी सेवाहरु निर्देशन बमोजिम सञ्चालन गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।