Connect with us
Kapilvast Forest

प्राथमिक स्वास्थ केन्द्र ठाडामा डाक्टरको लागि छिटै पहल गर्छु: मन्त्री आचार्य

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

 अराज बेल्बासे ,अर्घाखाँची – नव नियुक्त लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कारोना महामारी रोकथामका लागी डटेर लाग्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशन दिनु भएको छ ।

मन्त्री नियुक्त भए पछि पहिलो पटक गृह जिल्लामा आउनु भएका मन्त्री आर्चायलाई शितगंगामा इलाका प्रहरी कार्यालय ठाडाका इन्चार्ज सन्दिप बेल्बासे, ने क पा एमालेका नगर सचिव ऋषि घिमिरे युवा संघका नगर सचिव हरि खनाल लगायतले स्वागत गर्नु भएको थियो ।

सक्षिप्त कुरा गदै मन्त्री आचार्यले शितगंगाकै प्रमुख अस्पताल प्राथमिक स्वास्थ केन्द्र ठाडा महामारीको समयमा डाक्टर बिहिन भएकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ ।

म्हामारीको समयमा प्राथमिक स्वास्थ चौकीमा २ जना डाक्टर अध्या बिदामा रहेकोले अहिले अस्पतालमा एचए समेत नभएकोले गम्भिर प्रकृतिको बिरामी आउदा समस्या रहने गरेको छ । मन्त्रि आर्चायले छिटै जनताको सेवामा डाक्टर ल्याउने गरि पहल गर्ने बताउनु भयो ।

यस्तै इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज सन्दिप बेल्बासेले ठुलो भुगोेलका कारण दरबन्दी अनुसारको जनशत्ती नहुँदा काम गर्न समस्या हुने गरेको बताउनु भएको थियो यस्तै ठुलो क्षेत्र भएकोले यातायातको समेत समस्या रहेको मन्त्री आचार्य समक्ष गुनासो राख्नु भएको थियो । गुनासो सम्बोधन गर्दै आर्चायले सक्दो पहलका लागी आफु सदैप तत्पर रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu