मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते,अस्पतालमा उपचार हुदै
एजेन्सी -मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते हुनु भएको छ । उहाँको एक अस्पतालमा उपचार भइरहेको छ ।
मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय मिडियाका अनुसार विहीबार साँझ उहाँको कार नजिकै विष्फोट भएको थियो ।प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।