एमाले अध्यक्ष ओलीसँग घनश्याम र योगेशको मध्यरातसम्म वार्ता
काठमाडौं – सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन ।
पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किनुभएको थियो ।
सहमतिको प्रयासमा विहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेट्नु भएको छ ।
त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गर्नु भएको थियो ।भेटवार्तामा सहभागी नेताहरुका अनुसार न शीतल निवासमा कुनै सहमति जुट्यो, न बालुवाटारमा ।
राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करिव १० बजेतिर शीतल निवासबाट निस्किनुभएको थियो । केही घण्टासम्म चलेको त्यो भेट पनि एमालेमा देखिएको विवादमै केन्द्रीत थियो । तर कुनै सहमति नभएको एक नेताले बताउनुभयो ।
एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भन्नुभएको थियो । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।
वार्तामा सहभागी एक नेताले भन्नुभयो , ‘उहाँहरु मिल्नुपर्छ, मिल्नुपर्छ मात्र भनिरहनु भएको छ । एकलौटी निर्णयहरु नसच्याउँदासम्म कसरी सहमति होला र रु