Connect with us
Kapilvast Forest

दुई एसपीको पाँच र एक इन्‍स्पेक्टरको चार ग्रेड घटुवा

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका दुई जना उच्च अधिकृत र एक अधिकृतलाई कारबाही भएको छ।नेपाल प्रहरीले आर्थिक अनियमिततामा संलग्न प्रहरी उपरीक्षकद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराज चौरसियालाई कारबाही गरेको हो।

यादव र बस्नेतको पाँच ग्रेड घटुवा र चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। बस्नेत, यादव र चौरसिया तीनजना कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको छानविनबाट खुलेको थियो।

बस्नेत २०७५ चैतदेखि २०७६ असोजसम्म र यादव ०७६ असोजदेखि ०७७ भदौसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुखको रुपमा कार्यरत थिए। तीनैजना विरुद्ध गैरव्यवसायीक क्रियाकलाप गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो।

प्रहरी मुख्यालयको सिफारिसपछि गृहमन्त्रालयले उहाँहरुलाई गत मंसिरमा निलम्बन गरेको थियो। प्रहरी मुख्यालयले छानविनका लागि तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक  हाल प्रहरी नायब महानिरीक्षक  उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

तीनै जनाले चालक र बडिगार्ड प्रयोग गर्दै सेवाग्राहीबाट रकम असुलेको पुष्टि भएपछि कारबाहीका लागि सिफारिस गरिएको रन्जितकारले जानकारी दिनुभयो ।

‘तीनै जनाले सेवाग्राहीबाट रकम असुल गरेको अनुसन्धानबाट खुलेपछि हेडक्वाटरलाई कारबाहीका लागि सिफारिस गरिएको हो’ रन्जितकारले भन्नुभयो ,‘हेडक्वाटरले ग्रेड घटुवा गर्दै निलम्वन फुकुवा गरेको सुनिएको छ।’

प्रहरीभित्र विवादास्पद छविका अधिकृतका रुपमा चिनिने यादव र बस्नेत दुवैजना राष्ट्रिय अनुसन्धानबाट २०५८ सालमा जनपद प्रहरीमा आउनुभएको थियो । निलम्वनमा पर्दा यादव महानगरीय ट्राफिक महाशाखाको प्रवक्ता पदमा कार्यरत हुनुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu