कपिलवस्तुमा लकडाउन उलंघन गर्ने १ सय ३१ सवारीसाधनलाई कार्वाही
बृजेश यादव, कपिलवस्तु- कोभिड-१९ को संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरेको आज चौथो दिन निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ।
लकडाउन उलंघन गरि आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने मोटरसाईकल १ सय १ , अटोरिक्सा १२, ट्याक्टर १७ र बस १ गरी जम्मा १३१ सवारी साधनहरु निषेधाज्ञाको अवज्ञा गरेकाले नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । अनावश्यक हिंड-डुल गर्ने १०० भन्दा बढी व्यक्तिहरुलाई सम्झाई-बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई अनिवार्य मास्क गर्न अनुरोध गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
हाल विश्वकै अवस्था जीवन- मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कपिलवस्तु हार्दिक अपिल समेत गरेको छ ।