Connect with us
Kapilvast Forest

आजको मौसम :कतै घाम लाग्यो,पानी पर्न सक्ने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ ।प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।

प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj