Connect with us
Kapilvast Forest

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

झापा-झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ ।नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताउनुभयो ।नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu