Connect with us
Kapilvast Forest

सप्तहा व्यापी धार्मिक महायज्ञको आयव्याय सार्वजनिक

२०७६, १८ श्रावण शनिबारमा प्रकाशित

  •  दिपक के.सी.कपिलवस्तु साउन १८

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ उमरी गुफा रहेको स्थानमा गत बैशाख ७ देखि १४ सम्म संचालन भएको विष्णु पुराण अनुष्ठान तथा श्रीमद भागवत ज्ञान महायज्ञको आयव्याय आयोजकले सार्वजनिक गरेको छ । उमरी गुफा मन्दिर परिसरलाई धार्मिक एवं पर्यटकीय क्षेत्र निर्माणका लागी रामजानकी मन्दिर निर्माण हेतु संचालन गरिएको सोहि धार्मिक अनुष्ठानमा विभिन्न श्रद्धालु भक्तजनहरुबाट दान स्वरुप प्राप्त रकमको हरहिसाब शनिकार सार्वजनिक गरिएको हो ।

७ दिन सम्म संचालन भएको महायज्ञमा दानवीर भक्तजनबाट ५ लाख ६० हजार २ सय ८ रुपैया संकलन भएको कार्यक्रम संयोजक विष्णु रायमाझिले बताए । महायज्ञमा जम्मा कुल ६ लाख ५९ हजार २६७ रुपैया खर्च भएको आयव्याय विवरण प्रस्तुत गर्दै रायमाझिले जनाए । जसमध्ये नगदी रसिदबाट ४ लाख ८ सय ७० , दान पेटिकामा संकलन २५ हजार र उठ्नबाकी १ लाख ३४ हजार ३ सय ३८ रुपैया रहेको छ ।
यस्तै सोहि स्थानमा निर्माण भएको बैष्णव देवि मन्दिर र धर्मशाला निर्माणको आय व्याय पनि सार्वजनिक गरिएको छ ।

रायमाझि परिवारकै पहलमा निर्माण् भएको सोहि मन्दिर निर्माणमा कुल ९ लाख ४७ हजार ८ सय ५४ रुपैया लागत लागेको निर्माण संयोजक जग्दीश गुप्ताले बताए । मन्दिर र धर्मशाला निर्माणमा सहयोग दाताहरुबाट ५ लाख २१ हजार २ सय ३८ प्राप्त भएको जनाइएको छ । यस्तै निर्माणमा संयोजक गुप्ताको तर्फबाट २ लाख ३५ हजार ७ सय ३९ रुपैया सहयोग प्राप्त भएको छ ।

आय व्याय सार्वजनिक कार्यक्रममा महायज्ञ संचालन मुल आयोजक समिति संयोजक बाबुराम रायमाझिले अब रामजानकी मन्दिर निर्माणको काम सुरु हुने जनाए । मन्दिर निर्माणका लागी निर्माण समिति गठन गरिने उनले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu