Connect with us
Kapilvast Forest

महिला हिंसा न्यूनिकरणका लागि संवाद, १२ बुदे घोषण पत्र जारी 

२०७६, १८ श्रावण शनिबारमा प्रकाशित

  • दिपक के.सी. कपिलवस्तु, साउन १८

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा महिला हिंसाले समाजमा पार्ने असरहरुको बारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ । शान्ति र सामाजिक सद्भाव सुढृढिकरणका लागि संवाद सहजीकरण तथा मेलमिलापका लागी कार्यक्रम गरिएको हो । जनहित संरक्षण मंच प्रो पब्लिकको आयोजनामा तथा शिवराज नगरपालिकाको सहयोगमा संचालित संवाद कार्यक्रममा महिला हिंसाले घर परिवार र सिङ्गो समाजमा पर्ने असरहरुका बारेमा सहजिकरण गरिएको थियो ।

महिला हिंसा र यसले उत्पन्न गर्ने सामाजिक राजनैतिक, सास्कृतिक तथा मनोसामाजिक असरहरुको बारेमा सहभागिहरुलाई जानकारी गराईएको थियो । समाज परिर्वतनका लागी संवादले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । संवाद र छलफलले आत्मियता बढाउने हुदाँ समस्याहरुको समाधान संवादबाट नै गर्नु पर्ने उनले जनाए । आधुनिकताले समाज व्यप्त हुदै गर्दा पनि अझै पनि महिला हिंसाका घटनाहरु घट्ने गरेको अधिकारीले बताए । श्रीमान श्रीमति विच हुने पारिवारिक झै झगडाले पनि महिला हिंसा हुने भएकोले हिंसा घरबाट नै अन्त्य गर्नु पर्ने सुझाए ।

कुटपिट गर्ने मात्रै महिला हिंसा नभई , शारिरीक मानसिक जुनसुकै अवस्थामा पनि महिला हिंसा हुने हुदाँ यस बारे महिला स्वंय पनि सचेत हुनु पर्नेमा मेयर अधिकारले जोड दिए ।  संवाद कार्यक्रम पछि आयोजक प्रो. पब्लिकले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । विज्ञप्ती मार्फत शिवराज नगरपालिकालाई सामुदायिक संवादको अन्त्यमा एक साझा शिवराज नगरपालिका घोषणा पत्र जारी गरी सम्पूर्ण नगरबासीहरुमा महिला हिंसा मुक्त नगर निर्माणका लागी सहयोगको आह्वान गरिएको छ ।

यस्तै सोहि कार्यक्रममा संवादबाट नै महिला हिंसा अन्त्यका लागी १२ बुदे घोषणापत्र जारी गरीएको छ । नगरबाट महिला हिसां अन्त्य गर्न नगर प्रमुख नेत्रराज अधिकारी, वडा नं. ४ का अध्यक्ष सफिक अहमद मुसलमान, ,शिवराज नगरपालिका महिला विकास निरिक्षक शारदा गुप्ता, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिलाल योन्जन, प्रो पब्लिकका कार्यक्रम प्रबन्धक उप कार्यकारी निर्देशक बाबुराम पौडेल एवम् दियालो नेपालकी सल्लाहकार शुशिला दर्लामी लगायको हस्ताक्षरित घोषणा पत्र जारी गरिएको प्रो पब्लिकका त्रिलोक शर्माले जनाए ।

संवाद कार्यक्रममा स्थानिय जन प्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधीहरु, प्रहरी, समुदायमा रहेका सामाजिक संघसंस्था, आमा सुमह, पिडित व्यक्ति÷परिवार, स्थानिय युवा क्लब,संचार संस्थाका प्रतिनिधी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu