जसपा शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राजनीतिक घेटघाट सकेपछि अहिले पार्टीका शीर्ष नेताहरुको बैठक बस्ने तयारी भएको छ । बैठक दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा बस्ने तय भएको छ ।
आइतबार विहान अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले कांग्रेस सभातति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नु भएको थियो । उनीहरुसँगको भेटपछि जसपाका शीर्ष ६ नेताको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने जवाफ ठाकुर र महतोले दिनुभएको छ ।यस्तै, देउवाले ओलीलाई विश्वासको मत नदिन र त्यसपछि बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । देउवालाई पनि ओलीलाई विश्वासको मत नदिने जवाफ दिएका थिए ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । जसपामा हाल ३२ जना सांसद रहेका छन् ।