नेपाल पक्षका यी सांसद पनि थपिए राजीनामा नदिने पक्षमा
काठमाडौं-नेकपा (एमाले) को खनाल–नेपाल समूहका सांसदले आज राजीनामा दिने बताइरहेपनि केही सांसदहरुले भने आफुहरुले राजीनामा नदिने भन्दै प्रष्टिकरण दिइरहेका छन् । शनिबार भएको नेपाल समूहको बैठकले सामूहिक राजीनामा दिने निष्कर्ष निकाले पनि नेपाल समूहका केही सांसदहरुले राजीनामा नदिने बताइरहेका छन् ।
गएको जेठ २ गतेको संरचनामा फर्कने सहमति नभए सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसदहरु बताउँछन् । सुरुवातमा प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्रै राजीनामा दिने भनिए पनि समानुपातिक सांसदले पनि राजीनामा बुझाउने तयारी गरिरहेको नेताहरुको भनाइ छ ।
यसअघि २ जनाले राजीनामा नदिने बताएपछि अहिले नेपाल समूहकै समानुपातिक सांसद समीना हुसेनले नदिने बताउनुभएको छ । राजीनामा दिने बैठकमा आफु सहभागी पनि नभएको उलल्लेख गर्दै उहाँँले अहिलेसम्म कुनै पनि नेताले आफुलाई राजीनामा दिनका आग्रह पनि नगरेको बताउनुभयो । उहाँले कसैले राजीनामा दिनुपर्छ भनेपनि आफुले राजीनामा नदिने बताउनुभयो ।