Connect with us
Kapilvast Forest

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण,चार हजार २२ कोरोनामुक्त

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

corona ncn

काठमाडौं – पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनु भयोख ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj