Connect with us
Kapilvast Forest

कपिलवस्तु अस्पतालाई ठोस सहयोग गर्ने कपिलवस्तु नगरपालिकाको प्रतिबद्धता

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु –कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढे पछि उपचारमा समस्या आईरहेका बेला कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालाई आवश्यक ठो सहयो गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाको कार्यालयमा आईतावार सरोकारवाला सहीत नगर कार्यपालिकाको अनौपचारिक बैठकमा यस्तो निर्णय गरिएको हो ।

नगरपालिकाका वडाअध्यक्ष तथा सरोकारवालाहरुले कपिलस्तु अस्पतालमा अक्सिजनको सहज आपुर्ति यथाशीघ्र गर्नु पर्ने, अस्पतालमा आएका बिरामीको उपचार सहज हुनु पर्ने, खटिने स्वास्थयकर्मीको सेवा सुबिधा समेत बढाउनु पर्ने बिषयमा छलफल भएको थियो । सो अवसरमा मेयर किरण सिंहले ४०÷५० वटा अक्सिजन सिलिन्डर किन्नकालागि नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भयो ।

अहिले अभाव भएका कारण सिलिन्डर उपलब्ध हुन गाह्रूो भएको भन्दै उहाँले अक्सिजन सिलिन्डरको लागि आफुले पहल थालेको बताए । सामाजिक विकास संयोजक प्रकाश गैरेले आफुहरुले अस्पताललाई सिलिन्डर लगायतका सामाग्रीकालागि ठोस पहल गरेको बताउनु भयो । अस्पताललाई के चाहिन्छ त्यो सामाग्री उपलब्ध गराउन सबै वडाअध्यक्षहरु रकम बिनियोजन गर्न तयार रहेको उहाँले बताउनु भयो ।

‘ हामीले केही दिन मै अक्सिजन सहीतका सामाग्री उपलब्ध गराउछौ ’ उहाँले भन्नु भयो । माुहरी होमका अध्यक्ष रबि ठाकुर, निर्माण ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गुन्जन कुमार गुप्ताले अक्सिजन, स्वास्थ्य सामाग्री जनशक्तिको ब्यवस्था नगरपालिकाले यशाशिघ्र गर्नु पर्ने बताए । आफुहरुले नगरपालिकासंग समन्वय र सहकार्य गर्र्न तयार रहेको उहाँीहरुले बताउनु भयो ।

उता सोही अवसरमा कोरोना संक्रमित पत्ता लगाउन दुई दिन पछि नगरपालिकाको १२ वटै स्वास्थय चौकीमा एनटिजेन मार्फत कोरोना जाच सुरु हुने भएको छ । एक हप्ता देखि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट स्वास्थय चौकीमा सो सेवा सूरु भई सकेको छ ।

अन्य ११ वडामा रहेका स्वास्थय चौकीमा समेत एनटिजेन मार्फत कोरोना परिक्षण सेवा सूरु हुने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताउनु भयो ।

सोमवार ११ वटा स्वास्थय चौकीका ईन्जार्चहरुलाई एनटीजेन जाच संबन्धी तालिम पछि मंगलाबाट नगरका सबै स्वास्थ्य चौकीमा सो सेवा सूरु हुने उहाँले बताउनु भयो । यो सेवा सूरु भए पछि कोरोना संक्रमितहरु पत्ता लाग्ने र सही सयममा उपचार पाई मानिसलाई बचाउन समेत सकिने बढी संभावना हुने उहाँले बताउनु भयो । एनटिजेन जाचबाट २० मिनटे भित्र कोरोनाको रिपार्ट पत्ता लाग्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu