Connect with us
Kapilvast Forest

के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान् ?

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो । संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ ।

उहाँले निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको छ । पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन् ।

माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान छ । कोरोना भाइरसको निहुँ पनि उहाँका लागि उम्कने बाटो हुनसक्ने उहाँको भनाइ छ ।-यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu