Connect with us
Kapilvast Forest

सबै आयोजनाको एक वर्ष म्याद थप्न माग

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

 

 

काठमाडौँ- निर्माण व्यवसायी महासङ्घले निषेधाज्ञाको अवधिलाई शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर सबै आयोजनाको एकमुष्ट एक वर्ष म्याद थप्न आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमणका कारण जारी निषेधाज्ञाले गर्दा निर्माण उद्योग आक्रान्त भएकाले निर्माण कार्य सबै बन्द गर्दै निर्णय मितिबाट लागू हुनेगरी चैतदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शून्य समय मान्न महासङ्घले आग्रह गरेको हो ।
त्यसका लागि महासङ्घको प्रतिनिधि मण्डलले आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सहरी विकासमन्त्री प्रभु साह तथा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई बेग्लाबेग्लै भेट गरी उक्त माग गरेको हो ।

जवाफमा मन्त्रीद्वय र सचिवले महासङ्घबाट प्राप्त जानकारीलाई सीसीएमसीमा राख्ने प्रतिबद्धता जनाउँदै म्याद थप सम्बन्धमा आफूहरू सकारात्मक रहेको जानकारी दिनुभएको थियो । महासङ्घका अनुसार महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधि मण्डलमा महासङ्घका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहनुभएको थियो ।

प्रतिनिधि मण्डलले विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले आवासीय कामदार राखी निर्माण कार्य सञ्चालन गर्ने भनिए पनि श्रमिकहरू सङ्क्रमण सर्ने डर र त्रासका कारणले काम गर्न डराउने र भएका श्रमिक पनि आआफ्नो बासस्थानतर्फ हिँडिसकेको जनाएको छ ।
महासङ्घका अनुसार निर्माण कार्यका लागि प्रयोग हुने सवारी साधनको पास उपलब्धता सहज रूपमा नभएकाले निर्माण सामग्री लोड भएर आएका गाडीलाई ठाउँठाउँमा रोकिएको छ । त्यस्तै निर्माण सामग्रीका केही ठूला उद्योग खुले पनि सोका डिलर, वितरक पसल बन्द रहेका कारण निर्माण सामग्रीको अभावले निर्माण कार्य प्रायः बन्द रहन गएको महासङ्घको भनाइ छ ।

निषेधाज्ञाको फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको चर्को मूल्य वृद्धिले निर्माण लागत बढ्न गएको पनि महासङ्घले जानकारी गराएको छ । सडक, सिँचाइलगायतका अन्य कार्य तोकिएकै सीमित स्थानमा नभई छरिएर गर्नुपर्ने भएकाले सङ्क्रमण सर्ने त्रास रहेको र कतिपय स्थानमा विशेष गरी सहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा बिहान काममा जाने तथा बेलुका निवास स्थानमा जाने गरेका कैयौँ कामदारका साथै महासङ्घका अध्यक्षलगायत विभिन्न जिल्लाका निर्माण व्यवसायीमा सङ्क्रमण पैmलिइसकेको जानकारी महासङ्घले दिएको छ ।

निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादिले गर्दा एक अर्कासँग प्रत्यक्ष सम्पर्क हुने हुँदा र निर्माणस्थलमा खटिएका कोहीकसैको सङ्क्रमणले गर्दा निधन नै हुने डरले काममा नजाने अवस्था आएको र सङ्क्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति बेहोर्नुपर्ने स्थिति देखिएको महासङ्घको भनाइ छ । कतिपय स्थानमा सङ्क्रमण फैलिने डरका कारण स्थानीयवासीले नै काममा अवरोध सिर्जना गरेको पनि महासङ्घले जनाएको छ ।

निर्माण व्यवसायीहरूको अर्बाैंअर्ब भुक्तानी रोकिएको तथा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अहिलेको अत्यन्त जटिल अवस्थालाई ख्याल गरी बैङ्क ऋणको किस्ता तिर्नका लागि आवश्यक समय थप गरिनुपर्ने महासङ्घको माग छ । अहिलेको विषम परिस्थितिको ख्याल गरी सहज वातावरण नहुन्जेलसम्मका लागि कर बुझाउने आवश्यक म्याद थप गरिनुपर्ने, निर्माण कार्य गराइराखेका केही सार्वजनिक निकायले म्याद थप हुन नसकेका निर्माण कार्यहरूको बैङ्क ग्यारेन्टीको दाबी भुक्तानीका लागि सम्बन्धित बैङ्कहरूमा आवश्यक कारबाही अगाडि बढाउने कार्य निषेधाज्ञा समाप्ति भएपछि अवधिभरका लागि स्थगित गर्नुपर्ने महासङ्घको माग छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu