बढ्याे आज सुनचाँदीको मूल्य
काठमाडौं- आज सुनको मूल्य २ सयले बढेर ९२ हजार पुगेको छ । आइतबार सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
साेमबार छापावाला सुन प्रतितोला ९२ हजार पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको छ ।