Connect with us

नवलपरासी समाज जापानले तीज धमाका गर्ने

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

बिक्रम कोईराला,
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको तयारी तिब्र गरेको छ ।
समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा गर्ने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के.सी,निशा क्षेत्रीको प्रस्तुति रहने आयोजकले बताएको छ ।
कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागी बिभिन्न माध्यम बाट प्रचार प्रसार लाई तिब्रता पार्नुको साथै कार्यक्रमको तयारी ७० % पुरा भई सकेको नवलपरासी समाज जापानका सचिव ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

जस्तो सुकै अफ्ठेरो परिस्थिती आए पनि कार्यक्रम भव्य र सब्य हुनेमा ढुक्क रहेको नवलपरासी समाज जापानका अध्क्षय गोपाल कण्डेलले बताउनुभयो ।

टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गिता कंडेल अनुरोध गर्नुभयो।
स्मरण रहोस् नवलपरासी समाज जापाले जापान सगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu