Connect with us
Kapilvast Forest

शेयर बजारमा हरियाली, सात कम्पनीका लगानीकर्ता भए मालामाल

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

nepse high

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

मंगलवार नेप्से परिसूचक २ हजार ६७३ दशमलव ३१ विन्दुमा पुगेको छ । यो दिन अघिल्लो कारोबार दिन सोमवारको तुलनामा परिसूचक १ दशमलव ०४ प्रतिशत अर्थात २७ दशमलव ४७ अंक बढेको हो । सोमवार २ हजार ६४५ दशमलव ८५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ६४७ दशमलव ४८ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २ हजार ६८० दशमलव १९ विन्दुसम्म पुगेको थियो ।

 

पूर्ण अनलाईन मार्फत कारोबार भैरहेको बजारमा मंगलवार कारोबार रकम पनि बढेको छ । सोमवार ४ अर्ब २० करोड ३८ लाख ३२ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलवार ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त रकम बराबरको २२० कम्पनीको ६२ हजार ६५९ पटकको व्यापारमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर कारोबार भएको हो ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् भने सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रु रु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

कुल कारोबारमा सर्वाधिक हिस्सा भने नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता ७२ रुपैयाँले बढेर १ हजार ५६८ रुपैयाँ पुगेको छ । मंगलवार व्यापारिक समूहको परिसूचक सर्वाधिक ५ दशमलव ७९ प्रतिशत बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका हुन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu