विप्लवद्वारा शिवराज ९ बानियाँभारमा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास
कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले शिवराज नगरपालिकाको वडा नं। ९ बानियाँभारमा आज एक कार्यक्रमकम विच जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्र विक्रम चन्दले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि सहजरुपमा विभिन्न सेवाहरु यस केन्द्रबाट प्रदान गर्ने बताउनुभएको छ । यस जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत चन्दले जनाउनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्र भवनको उदघाटन गर्दै सहजरूपमा वडा नागरिकले स्वास्थ्य सेवा पाउन सकुन् भनेर उक्त स्थानमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको चन्दले बताउनुभयो । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उहाँको दाबी छ।
यस जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालिनरुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडी बढाउने उहाँले बताउनुभयो । सबैले मिलेर यसलाई समय अनुसार विस्तारै सुविधा सम्पन्न अस्पतालको रुपमा पनि बनाउनुपर्नेमा जोड दिनुभयो ।
शिवराज ९ वडा अध्यक्ष चुर बहादुर खड्काले जनस्वास्थ्य सेवा केन्द्र भवनको शिलान्यास कार्यक्रममा बोल्दैवडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उहाँले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उहाँको भनाइ छ ।
सो भवन नेपाल कम्युनिष्ट पार्टीले ( विप्लव)आफ्नै ६३ लाखको लगानीमा निमार्ण हुन लागेको जनस्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको काम एक महिना भित्रै निमार्णको सम्पन्न गरिने निमार्ण समितिका अध्यक्ष यादव चन्दले जानकारी दिनुभएको छ ।
उक्त जनस्वास्थ्य सेवा केन्द्रको निर्माण् पश्यात वडाका नागरीकहरुलाइ सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उहाँले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने जनस्वास्थ्य सेवा केन्द्र निमार्ण समितिका अध्यक्ष यादव दाबी छ।कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेकोको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य चन्द्र बहादुर चन्दको विशिष्ट आतिथ्यत रहेको कार्यक्रममा शिवराज ९ वडा अध्यक्ष चुर बहादुर खड्का, नेकपा कपिलवस्तु सचिव शेरमान, सहिद प्रतिष्ठान अध्यक्ष भेक बहादुर थापालगायतको उपस्थितीमा कार्यक्रम सम्न्नि भएको छ ।