Connect with us
Kapilvast Forest

नेपालमा एकै दिन ५हजार २सय २५ जना कोरोनामुक्त

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

corona

काठमाडौं-नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१२१९ जना संक्रमण मुक्त (निको) भएका छन्।

मंगलबारसम्म देशभर ९७००८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ।सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१३१११ पुगेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu