Connect with us
Kapilvast Forest

ट्रायल पास गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२०७६, २२ श्रावण बुधबारमा प्रकाशित

भक्तपुर । प्रहरीले सवारी चालकको अनुमतिपत्रका लागि लिइने ट्रयल परीक्षा पास गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ठगीको आरोपमा काभ्रे मनदन देवपुर नगरपालिका–८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई भक्तपुरको राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट पक्राउ गरेको हो।

आचार्यले सवारीचालक अनुमति पत्रको ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिँदै आएको प्रहरी जनाएका छन्।

पक्राउ परेका आचार्यलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj