Connect with us
Kapilvast Forest

आजदेखि म्याग्दीमा निषेधाज्ञा, ७ जनाभन्दा बढी जन्ती जान नपाउने

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

 

बेनी- कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दी जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको निषेधाज्ञा वैशाख २८ गते राति १२ बजेदेखि लागू हुनेगरी जिल्लाभर विस्तार गरिएको जनाएको छ ।

मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाले मंगलबार गरेको सिफारिसको आधारमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको सिडिओ गणेशबहादुर अधिकारीले बताउनुभयो । ‘बेनी नगरपालिकामा वैशाख २२ गते, मंगला गाउँपालिमा वैशाख २६ र अन्नपूर्णमा वैशाख २७ गतेदेखि निषेधाज्ञा जारी भएको थियो,’ उहाँले भन्नुभयो ‘सबै स्थानीय तहहरुबाट भएको सिफारिस, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको निर्णयको आधारमा २०७८ वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका गरिएको हो ।’

औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको छ ।

अस्पताल, औषधालय, औषधि एवम् स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

विवाहमा ७ जना मात्र जन्ती जान पाउने भएका छन् । ब्रतबन्ध, पूजाआजालगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक विकास निर्माणको काममा संलग्न मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित गरेको ठाउँमा बस्ने गरी निर्वाधरुपमा सञ्चालन गरिने भएको छ ।

म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या करिब १८० जना पुगेको छ । बैशाख महिना सुरु भएयता ८७ जनाले कोरोना जितेका छन् । हालसम्म म्याग्दीमा कुल ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाएको करिब पाँच सय स्वाब नमुनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu