नगरपालिकाद्धारा गरिब परिवारलाई जस्तापाता वितरण
कपिलवस्तुको महाराजगंज नगरपालिकाले विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ ।. खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेको हो ।
नगरपालिकाले ११ वटै वडामा रहेका १ सय ५० भूमीहीन गरिब परिवारलाई जस्ता पाता वितरण गरेको छ । नगरपालिकाका मेयर अब्दुल कलाम, उपमेयर शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारी सहितको टोलिले जस्ता पाता वितरण गरेको हो । जस्तापाता वितरण पछि महाराजगंजका प्रशासन शाखा प्रमुख अंशु वर्माले नगरका गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुसी फर्काउन जस्ता पाता वितरण गरिएको बताउनु भयो । उहाका अनुसार नगरपालिाकाका ११ वटा वडाका १ सय ५० घरधुरीलाई जस्ता पाता वितरण गरिएको हो ।
गत आर्थिक बर्षमा १ सय ५० घरधुरीलाई जस्तापाता वितरण गर्ने कार्य अनुसार प्रदेश सरकार र नगरपालिकाले ८५ लाख रुपैयांँ बजेट छुट्याएर काम गरिएको बताइएको छ ।प्रत्येक घरधरीलाई ८ वटा जस्ता पाता, ९ वाट पाइप वितरण गरिएको वडा नं १का वडा अध्यक्ष शिव प्रसाद बनियाले बताउनुभयो । आफुहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न यो अभियान सञ्चालन गरेका छौ । खरको छाना मुक्त बनाउने अभियानले नागरिकलाई राहत पुगेको बनियाँले बताए ।
जस्तापाता लिएपछि वडा नम्बर १ की स्थानिय सुमित्रा सुनारले आर्फु अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन। ‘पानीले छानो सबै भत्काएर बर्खा सुरु भए देखि खाना बनाउन ठूलो समस्या थियो, अब मलाई ढुक्क भयो । उनले भनीन अब गरिबलाई पनी रातह भएको छ ।
त्यस्तै वडा नम्बर ४ का गिता कलवारले आफुले जस्ता पाता पाएपछि खुशीको सीमा नै नभएको बताउंँनु भयो । खाना बनाउंँदा छाता ओढेर पकाउनु पथ्र्यो अब हामीलाई ठूलो राहत भयो ।’ ज्याला मजदु्री गरेर परिवार लालनपोषण गर्नु परेकोले छाना फेर्न नसकेको नगरपालिकाले छानो दिएर गरिब जनतालाई समबोधन गरेको उनले बताए ।
महाराजगंज नगरपालिकाले जस्तापाता वितरण, शौचालय निर्माणका लागि प्रत्येक घर परिवारलाई रु १५ सय प्रदान गरेको थियो । त्यस्तै यसअघि नगरपालिकाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा एवं प्रत्येक किसानलाई सिचाई सुविधा, किचड मुक्त नगर घोषण कार्यक्रम लागु गरिसकेको छ । स्थानिय तहको निर्वाचन भएपछी नगरपालिकाले गरेको जनमुखी कार्य प्रती सबैले प्रशांस गरेका छन । स्थानिय तहको निर्वाचनमा गरेको वाचा पुरा गरी नगर तथा वडालाई समृद्ध बनाउने कार्यमा नगर अगाडी बढेको सोहि अनुसार योजना तथा काम भइरहेको नगर प्रमुख कलामले बताए ।
यस्तै बिजयनगर गाउपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाउपालिकाभित्र रहेको वडा नम्वर ७ को गणेशपुरमा खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत गाउपालिकाले जस्तापाता वितरण गरेको हो । गाउपालिकाले गणेशपुरका ९ गरिब तथा विपन्न घरपरिवारलाई जस्ता पाता वितरण गरेको हो ।
खरको छानो भएका आरति देवि कोरी,मुन्सी नाउँ,दफेदार नाउँ,राम दिन कुर्मी,बिन्दबासनी कोरी,कल्लु मुराऊ,राम मिलन लोनिया,गुरु प्रसाद कोरी र राम अचल कोरीलाई जस्तापाता प्रदान गरिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।
१ घरपरिवारललई २४ पत्ता जस्तापाता मिलेपछि स्थानियले खुसि व्यक्त गरेका छन् । गाउपालिका प्रमुख गोपाल बहादुर थापा, उपप्रमुख लक्ष्मि कुमारी चौधरी वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चौधरीको नेतृत्वमा वितरण भएको थियो ।