Connect with us
Kapilvast Forest

शान्ति सुरक्षा र सद्भाव कायम गर्न राष्ट्रीय मदरसा संघ को अन्तरक्रिया कार्यक्रम

२०७६, २३ श्रावण बिहीबारमा प्रकाशित

अजय मिश्र र कृष्नानगर कपिलवस्तु साउन २३

मुस्लिम धर्मवलम्बी हरुको महान चाड पर्व बकराईद यही साउन २७ गते र हिन्दू धर्मावलम्बी हरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा साउन ३०गते रहेको ले कपिलवस्तुको कृष्णनगर मा शान्ति सुरक्षा सदभव कायम राख्न र आ आफ्नो चाडपर्व हंसी खुशी मिली जुली र शान्ति ढंग ले मनाउन प्रति सुरक्षा निकाय र समाजसेवी बुद्धजीवि हरु संग सुझाव सल्लाह लिन व दिन को लागि कृष्णनगर मा रहेको राष्ट्रीय मदरसा पुस्तकालय को सभा हाल र राष्ट्रीय मदरसा संघ नेपाल को आयोजना मा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम मा एक सता अगाडी सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी बल।कृष्णनगर का उपरिक्षक सुशील शाही र ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल धेरै दिन देखि यो क्षेत्रमा सुरक्षा प्रति कडा निगरानी गर्दै आएका सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक जोगेन्द्र केशी लाई राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले दोसल्ला ओढाई मुस्लिम धर्म को पबित्र कुरान शरिफ नेपाली मा अनुवाद भयेको दिई वहाहरुको स्वागत र सम्मान गरेका थिए
कृष्णनगर नगरपालिका को वडा नं।२का अध्यक्ष संजय गुप्ता र वडा नं।३का वडाध्यक्ष सगीर अहमद खांले आ आफ्नो वडाहरुमा सदैव शान्ति सुरक्षा र आपसी सदभव कायम गर्ना गराउन को लागि निरन्तर प्रयास,सबै जनता को सहयोगमा आ आफ्नो वडा लाई व्यावस्थित र बिकास प्रति सदैव अगाडी रही जनता को हितमा काम गरि शिक्षा को स्तर गुणस्तरिए बनाउनको लागि रात दिन जनता बिच उपस्थित भइ काम गरि रहनु भएको ले संघ का उपाध्यक्ष र प्रवक्ता ले सप्रेम भेट दिई सम्मानित गर्नु भएको संघ का राष्ट्रीय अध्यक्ष डा।अब्दुलगनी अलकुफी ले बताउनु भयो।
कार्यक्रम मा कृष्णनगरका भद्रभालदमी,शिक्षाप्रेमी,समाजसेवी,सुरक्षाक्रमी,पत्रकार लगायत लगभग ५०जना को उपस्थिती थियो
उपस्थित भएका सबै महानुभावहरु लाई संघ का राष्ट्रीय महासचिव मौनाला मसहूद खां नेपाली ले आफ्नो र संघ को तरफ बाट स्वागत गरी उपस्थित भइ दिएको मा धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu