देउवालाई भेटेपछि सांसदहरूसँग छलफल गर्दै ठाकुर-महतो
काठमाडौँ – बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने दिन बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको छलफल सकिएको छ ।
देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटनुभएको छ । देउवा र ठाकुर-महतो छलफलमा भएका कुराबारे दुवै पक्षले बताएका छैनन् ।ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा सांसद र आफूनिकट नेताहरूलाई बोलाउनुभएको छ ।