Connect with us
Kapilvast Forest

सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशको भवनमा आइसोलेसन बनाउने निर्णय

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर प्रदेश अध्यक्ष राजु खराल

कपिलवस्तु-कोरोना महामारी नियन्त्रण र उपचारका लागि समुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशको लमहिमा रहेको भवन आशोलेशन सेन्टर संचालन गर्न दिने निर्णय भएको छ ।

विहिवार प्रदेश समितिको भर्चुअल वैठकले लुम्बिनी प्रदेश सरकार तथा लमहि नगरपालिकालाई आवश्यक परेमा भवनलाई आइसुलेसन बनाउन दिने निर्णय भएको प्रदेश अध्यक्ष राजु खरालले बताउनुभयो ।

विश्वभर तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को दोश्रो लहरका कारण सामुदायिक रेडियोहरुको अवस्था जटिल बनिरहेको र रेडियोमा कार्यरत रेडियोकर्मीहरु संक्रमित रहेकोले उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

त्यस्तै कोरोना महामारीमा नागरिकलाई सुचना प्रवाह गर्ने सामुदायिक रेडियोहरुलाई स्थानिय तहहरुले स्वास्थ्य सुरक्षा सामाग्री तथा सन्देशमुलक सुचना उपलब्ध गराई सहकार्य गर्न अपिल गर्ने निर्णय भएको अध्यक्ष खरालले बताउनुभयो ।

वैठक पछि प्रदेश अध्यक्ष राजु खराल र सचिव वालकृष्ण पाण्डेद्धारा हस्ताक्षरीत बिज्ञाप्तीमा आम समुदायलाई सचेत र सूचित गराउन देश भर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उल्लेख छ । प्रदेशमा रहेका सम्पूर्ण सामुदायिक रेडियोहरुले कोरोना रोकथाम र नियन्त्रणका प्रयास बारे सुसुचित गराउदै नागरिकलाई सकारात्मक उर्जा दिने (डाक्टर, तथा स्थानिय स्वास्थ्य कर्मिको आवाज सहितको ) सन्देश सामाग्री प्रसारण गर्न आग्रह गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu