Connect with us
Kapilvast Forest

सांसद बस्नेतद्वारा एम्बुलेन्स हस्तान्तरण

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

भक्तपु-कोरोनाका कारण विरामीले एम्बुलेन्स नपाएरहेको गुनासो आइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा एम्बुलेन्स उपलब्ध भएको छ ।

सांसद बस्नेतको विशेष पलहमा भारत सरकारको सहयोगमा उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानविय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । सांसद बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मुलुकको विषम् परिस्थितीमा सरकारले गरेको निर्देशन जीवन रक्षाको लागि पालना गर्नुपर्ने माक्सका प्रयोग, सेनेटाइजरको प्रयोग, भौतिक दुरीको कायम, अत्यावश्यक कामभन्दा बाहेकमा बाहिर ननिस्कनेलगायतका कुराहरु पालना गर्नु आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।

 

निर्माणाधिन सविधा सम्पन्न सूर्यविनायक नगर अस्पतालको प्राङ्गणबाट उद्घाटन गरिएको हो । हस्तान्तरण पश्चात उद्घाटन गरिएसँगै विरामीले एम्बुलेन्स नपाउने समस्या कम भई सहज हुने सांसद बस्नेतले विश्वास व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै सांसद बस्नेतले नगर अस्पताल तत्कालै सञ्चालनमा आउने जानकारी गराउँदै अस्पताल सञ्चालनमा आएसँगै उपचार तथा सुविधा अभावका कारणले भक्तपुरका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

मानव सेवा नै धर्म भएको उल्लेख गर्दै सांसद बस्नेतले कोरोनाको कहरबाट आत्तीने र त्रसित हुने भन्दा पनि स्वास्थ्य मापदण्ड तथा सरकारले घोषणा गरेको निषेधाज्ञालाई पूर्ण पालना गर्दै कोरोना रोकथाम तथा न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई निषेधाज्ञाका कारण समस्या भए तत्काल सम्बन्धीत निकायमा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । जनताको समस्या समाधान गर्न जनप्रतिनिधि तथा सम्बन्धीत निकाय तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu