राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी
बुटवल-राष्ट्रियसभा तर्फ रिक्त रहेको लुम्बिनी प्रदेशसभाको उप निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि दीर्घनारायण पाण्डेय र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको हो।
नेकपा एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिनुभएको हो ।
पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य हुनुन्थ्यो । पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गर्नु भएको हो भने भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।