कपिलवस्तुका प्र जि अ पाण्डेद्वारा पत्रकार भण्डारीमाथि दुव्र्यवहार, युनियनद्वारा आपत्ति
कपिलवस्तु – नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी सीडीओ चक्रपाणि पाण्डेले गरेको दुव्र्यवहारप्रति युनियनले आपक्ति जनाएको छ ।
मंगलवार (आज)कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकार भण्डारीलाई दुव्र्यवहार गरेको भन्दै युनियनका जिल्ला सचिव मणिप्रसाद गैेह्रे एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी माथिको दुव्र्यवहारले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ ।
समाचार संकलन गर्न जाँदा फोटो खिच्न पाइँदैन, अनुमित छैन, किन कार्यालयमा आएको भनेर पाण्डेयले गाली गलौज गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको युनियले जनाएको छ ।
घटनाले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमा विश्वास राख्ने आम संचारकर्मीहरुलाई सशंकित गराएको विज्ञप्तिमा जनाइएको छ । आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चितको लागि स्थानीय प्रशासन र आम सरोकारवालासँग युनियनले माग गरेको छ ।
यसैबीच ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारीमाथि गरिएको ज्यादती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई सशंकित बनाएको अधिकारकर्मी रवि ठाकुरले बताउनु भएको छ ।
