विहानै आएको भूकम्पले घर भत्किँदा लमजुङमा एकजना घाइते
पोखरा- आज बिहान गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते हुनु भएको छ । नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताउनु भयो ।
उहाँका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उहाँले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
आज विहान लम्जुङ केन्द्र बनाएर ५।८ रेक्टर स्केलको भूकम्प भएको थियो ।