कक्षा ८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गर्ने निर्णय
काठमाडौं-कक्षा–८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गर्ने निर्णय गरेको छ। कोभिड–१९ का कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको भन्दै काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गरि निजी तथा सामुदायिक स्कुललाई यस्तो जानकारी गराएको हो।
‘कक्षा ८ को वार्षिक मूल्यांकन पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीका अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि प्रक्रिया अपनाई २० प्रतिशत मूल्यांकन सम्पन्न गरी जेठ २५ गते सम्ममा महानगरको शिक्षा विभागको वेव साइटमा मूल्यांकन विधि विवरण पेश गर्नुहुन जानकारी गराइन्छ,’सूचना पत्रमा भनिएको छ।