Connect with us
Kapilvast Forest

चार घण्टा सवारी चलाउँदा आधा घण्टा विश्राम अनिवार्य

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं । अबदेखि हरेक यात्रुले तथा सवारी चालकले यात्रामा निस्केको ४ घण्टा पछि आधा घण्टा अनिवार्य बिश्राम गर्नुपर्ने भउको छ । हरेक यात्रु तथा चालकलाई यसको पालना गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ।

विभागले एक सूचना जारी गर्दै यातायात व्यवस्था ऐन २०५९ दफा १०३ मा ४ घण्टा भन्दा लामो दुरीमा चल्ने यात्रुवाहक सवारी साधनले प्रत्येक ४ घण्टामा १ पटक आधा घण्टा रोक्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि कडाई गर्न लागेको हो ।

यसैगरी दफा १०४ मा लामो बाटो (प्रस्थान स्थानबाट २५० किलोमिटर वा सो भन्दा बढी दुरीको गन्तब्य स्थान) मा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य राखि प्रत्येक ६ घण्टामा पालैपालो चलाउनुपर्ने व्यवस्था कार्यान्वयनमा समेत विभागले जोड दिने भएको छ ।

तर यो व्यवस्था खासै प्रभावकारी हुन नसकेकोले ऐनको प्रावधान अनिवार्य रुपमा कार्यान्वयन गर्न विभागले निर्देशन दिएको हो । विभागले निर्देशन कार्यान्वयन नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu