Connect with us
Kapilvast Forest

अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔं: उपेन्द्र यादव

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताउनु भएको छ ।राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिनु भएको छ ।

यस्तो परिस्थितिमा यादवले शुक्रबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताउनु भएको छ ।

‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उहाँले भन्नु भयो, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं।’प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उहाँले भन्नु भयो , ‘मान्नुहुन्छ होला।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिईरराजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नु भएको थियो ।

राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँनु भएको छ । अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उहाँले बताउनु भयो ।

उहाँले अरू सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएकोसमेत दाबी गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj