Connect with us
Kapilvast Forest

मैले हात उठाएँ त, तपाईंहरू बनाउनुस् न सरकार :ओली

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई बहुमत ल्याएर सरकार बनाउन आग्रह गर्नु भएको छ । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले त्यसैका लागि आफूले मार्गप्रशस्त गरिदिएको बताउनु भयो ।

‘मैले चलाउन सकिनँ भनेर हात उठाएँ त, तपाईंहरु बनाउनुस् न अब, प्रतिपक्षीलाई लक्षित गर्दै उहाँले भन्नु भयो , ‘यदि त्यसो गर्न नसक्ने हो भने मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, आउनुस् मलाई समर्थन गर्नुस्।’

जेठ १५ मा बजेट ल्याउनुपर्ने र त्यसका लागि समय अत्यन्तै कम भएकाले आफूले फेरि विश्वासको मत लिने कर्मकाण्डी गर्नुुभन्दा छोटो प्रक्रियाबाटै मार्ग प्रशस्त गरेको उहाँको भनाई छ।

मैले अब संसद अधिवेशन बोलाएर विश्वासको मत लिएर पराजित भएपछि जाने त संविधानको धारा ७६ (५) मै हो तर अर्को प्रक्रिया सुरु गर्दा जेठ १२(१३ गते पुग्छ, उनले प्रश्न गरे, अनि त्यसपछि गठन हुने सरकारले १५ गते कसरी बजेट पेश गर्छ

साँझ ५ बजेसम्म समय रहेको भन्दै उनले दलहरुलाई मिलेर जान उहाँले संसद विघटन गर्न नखोजेको भन्दै साँझ ५ बजेसम्म बहुमत जुटाएर सरकार बनाउन आग्रह गर्दै आफूले त्यो सरकारलाई पूर्णरुपमा सहयोग गर्ने पनि बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu