Connect with us
Kapilvast Forest

मैले कतै हस्ताक्षर गरेको छैनः एमाले सांसद राई

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले प्रधानमन्त्री बनाउने पक्षमा कसैलाई पनि हस्ताक्षर नगरेको बताउनु भएको छ ।

‘मैले पार्टी विभाजनका लागि कुनै पनि काममा हस्ताक्षर गर्दिनँ भन्दै आएको छु। त्यसैले मैले कतै हस्ताक्षर गरेको छैन’, राईले भन्नु भयो ।

उहाँले आफू सधैँ पार्टी एकताको पक्षमा रहेकाले त्यस्तो दुष्कर्म आफूबाट हुन नसक्ने बताउनु भयो ।सुनसरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद राईले आफू पार्टी एकताको पक्षमा रहेको बताउनु भयो ।

‘म एमाले प्रतिनिधिसभा सदस्य हुँ’, राईले पत्रमा लेख्नु भएको छ ‘मैले मेरो पार्टी ध्यक्षको विरुद्धमा विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’राईसहित एमालेका अन्य केही सांसदले हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu