Connect with us
Kapilvast Forest

१ लाख ६० हजार घुससहित जनप्रतिनिधिका छोरा पक्राउ

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

जनकपुरधाम । महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश घूससहित मंगलबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका छोरा मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए ।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu