Connect with us
Kapilvast Forest

ओलीको जसपालाई अफर तत्काल ३ मन्त्रालयसहित सरकारमा जाँदै

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-संसद विघटनपछि निर्वाचनको घोषणा भएको छ । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई पूर्णता दिने तयारीमा रहनुभएको छ । आधा दर्जन भन्दा बढी मन्त्रालय आफैसँग राखेका ओलीले जनता समाजवादी पार्टी जसपालाई सरकारमा सहभागी हुन छलफल भइरहेको छ ।

ओलीले सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल गरिरहनुभएको छ ।
जसपा स्रोतका अनुसार तीनवटा मन्त्रालय दिनेगरी ओलीले अफर गर्नु भएको हो । पार्टीमा को कोलाई पठाउने भनने विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।

मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका उमाशंकर अरगरिया र विमल श्रीवास्तवको नाम रहेको छ । बाँकीको विषयमा पनि छलफल भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu