Connect with us
Kapilvast Forest

भिजिट नेपाल २०२० लाई केन्द्रित गर्दै पुनर्निर्माणमा जुटेका छौं

२०७६, २९ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुर्ननिर्माणको कामलाई तिव्रता दिएको बताउनुभएको छ । राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मंगलबार सम्वोधन गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो ।

‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान भिजिट नेपाल २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेका छौँ । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।’

उहाँले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नु पर्ने भन्दै सबै जनप्रतिनिधिलाई एकाकार भएर अघि बढ्न आग्रह गर्नुभयो । ‘न्युरोड काठमाडौंको पनि केन्द्रभागमा अवस्थित छ,’ उहाँले भन्नुभयो, ‘विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ । हामी त्यही अनुसार नै काम गरिरहेका छौँ ।’

उहाँले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताउनुभयो । ‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘तपाईँहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न ।’

उहाँले सम्वोधनकै क्रममा सम्पदा निर्माण एकजनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहने भन्दै महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि बताउनुभयो । ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा सम्पदा पुनर्निर्माणमा पनि तपाईँहरू जुट्नुहोस । म सहयोग गर्न तयार छु ।’

काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

मन्दिर काठमाडौँ महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो । मन्दिरको डिजाइन काठमाडौं महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu