भारतमा २४ घण्टामा २ लाख ४३ हजार संक्रमित, घट्दैछ संक्रमण
एजेन्सी- विश्व्यापी महामारीको रुपमा फैलिएका (कोरोना भाइरस) को दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको संख्या दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।
दुई साता अगाडी भारतमा लगातार ४ लाख संक्रमित हुँदै आएकोमा गएको पछिल्लो २४ घण्टामा भारतमा २ लाख ४३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७८८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९ हजार २९६ पुगेको छ ।